सानिमा जिआईसी इन्स्योरेन्सले डाक्यो एजीएम, २५% हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत २३ गते काठमाण्डौ,कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजे आयोजना हुनेछ ।