यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन
काठमाण्डौ । बेलायतको बजार नियामकले १ हजारभन्दा बढी बैंक, बीमा कम्पनी तथा ब्रोकरेज कम्पनीहरुलाई सन् २०२१ यता कम्पनीहरुले दर्ता गरेका यौन उत्पीडन, भेदभाव र अन्य गैर–आर्थिक दुर्व्यवहारका घटनाहरू र त्यसलाई उनीहरुले कसरी सम्बोधन गरिरहेका छन् भन्ने प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ । नियामक निकाय फाइनान्सियल कन्डक्ट अथोरिटी(एफसीए) ले गत जनवरीमा वित्तीय सेवा कम्पनीहरूले...