फेसबुक, इन्स्टा नचल्दा प्रयोगकर्ता हैरान, मेटाको प्रवक्ताले भने-'समस्या समाधानको प्रयास जारी छ'
काठमाण्डौ । मेटा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरुमा एकाएक समस्या देखिएको छ । विशेष गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा एकाएक समस्या देखिएको हो । लगइन भइरहेका अकाउण्टहरु एकाएक लगआउट हुने, पासवर्ड हाल्दा समेत पासवर्ड नमिलेको वा अन्य केही समस्या भएको म्यासेज आउने समस्या विश्वका लाखौं प्रयोगकर्ताहरुले भोगेका मिडिया रिपोर्टहरुमा जनाइएको छ ।