काठमाण्डौ । राधी जलविद्युत कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये एक हो । यो कम्पनी लमजुङ जिल्लामा २०६२ सालमा स्थापित कम्पनी हो । कम्पनीले लमजुङ जिल्लामा ४.४ मेगावाटको राधी स्मल हाईड्रोपावर प्रोजेक्ट निर्माण गरेको छ । यस कम्पनीले नेपालका अन्य विभिन्न जलविद्युत परियोजनामा समेत लगानी गरेको छ ।
आधारभूत पक्षः
यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४० करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कूल पूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा ६ करोड ३४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ , बुक भ्यालु १२३ रुपैयाँ र रिर्टन अन इक्विटी ५.८६ प्रतिशत रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड इन्डेक्स
राधी जलविद्युत कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा ७५ को विन्दुमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यदि फियर एण्ड ग्रिड इन्डेक्समा यस्तो विन्दु ० देखि २० सम्म रहेमा स्ट्रङ वियरिस , २० देखि ४० सम्म बुलिस , ४० देखि ६० सम्म रहेमा न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि माथि चलेमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको मानिन्छ । हाल यो कम्पनी ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डसँगै चलेको देखिन्छ । आज पनि अपर ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । भोल्युम पनि लामो समय २० दिने मूभिङ एभरेज भन्दा माथि चलेको छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई र एमएफआई ओभर बट जोन ८० भन्दामाथि चलेको छ । तर एमएफआईमा भने बिस्तारै बियरिस डाइभर्जेन्स बनेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ७९२
प्रतिरोध २ – ७४६
प्रतिरोध १– ७०७
पिभट् प्वइन्टः ६६०
घटेमा सपोर्ट
सपोर्ट १– ६२१
सपोर्ट २– ५७५
सपोर्ट ३ –५३५

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी कमजोर नै देखिन्छ । हालसम्मको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२२ रुपैयाँ रहेको छ भने बुक भ्यालु १२३ रुपैयाँ र रिर्टन अन इक्विटी ५.८६ प्रतिशत मात्रै रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खूद मूनाफामा पनि १३ प्रतिशतले गिरावट आएको छ ।
प्राविधिक रुपमा भने यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयर भाउमा आकर्षण बढेको भन्ने हो । मनी फ्लो इन्डेक्समा भने बिस्तारै बियरिस डाईभर्जेन्स पनि बन्दै गएको छ । मनी फ्लो इन्डेक्स ९५ को तहमा पुगेर हाल ८१ को विन्दुमा झरेको छ । यसकारण कम्पनीको फियर एण्ड ग्रिड इन्डेक्समा सेन्टिमेन्ट बुलिस बनेता पनि सचेत हुनु पर्ने देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।