बुधबार, असार १८,२०८२ 12:37:01
  • बुधबार, असार १८,२०८२ 12:37:01
Global IME Bank Limited

हकप्रद निष्कासनका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय

Hyundai Nepal
हकप्रद निष्कासनका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय
Nabil Bank Limited

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

यसर्थ बुक क्लोज हुनु अघि अर्थात जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले २७ प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९गते अनुमति पाईसकेको छ ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.