बुधबार, असार १८,२०८२ 10:37:31
  • बुधबार, असार १८,२०८२ 10:37:31
Global IME Bank Limited

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने

Hyundai Nepal
रुरु जलविद्युतको ४४.४४ लाख कित्ता सेयरको लक इन अवधि वैशाख ३ गते समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक सेयर,४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले संस्थापक, अयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो ।  धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  

कम्पनीको लक इन समयावधि समाप्त भएसँगै यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् ।  

धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त गर्नका लागि गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.