बुधबार, असार १८,२०८२ 10:29:46
  • बुधबार, असार १८,२०८२ 10:29:46
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘संस्थागत लगानीकर्ताले अल्पकालिन लगानी गर्न पाउनुपर्छ’

Hyundai Nepal
झिनो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘संस्थागत लगानीकर्ताले अल्पकालिन लगानी गर्न पाउनुपर्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज बजार ४.७८ अंक अर्थात ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ३५९.०९ विन्दुमा सीमित भएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ६६ लाख १२ हजार ८८५ कित्ता सेयर २ अर्ब ६५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा सुधार आएको छ । अघिल्लो दिन २ अर्ब २३ करोडको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अर्थमन्त्रीले बाचा गरे अनुरुप १० दिन बित्दा समेत पूँजी बजारको सुधारका लागि काम हुन सकेको छैन । राष्ट्र बैंकमा ६ खर्ब पैसा थुप्रिएको छ । राष्ट्र बैंकको नीतिले घरजग्गा,सेयरबजार र आयात निर्यात जस्ता क्षेत्रहरु ठप्प भएका छन् । यी क्षेत्रलाई चलायमान बनाई सरकारले पूँजी बजारमा संस्थागत लगानीकर्ताका लागि अल्पकालिन कारोबार सहज बनाउनुपर्छ र जोखिमभार घटाउनुपर्ने।’

पाठकले अहिलेको कठिन अवस्थाबाट बजारलाई उकास्नुपर्नेमा जोड दिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार महेश रिजाल पनि बैंक तथा वित्तीय संस्थालाई अल्पकालिन कारोबार गर्न मिल्ने गरी नीतिमा परिवर्तन गुर्नपर्ने बताउँछन् । ‘सर्वोत्तम सिमेन्ट जस्ता कम्पनीको आईपीओबाट अर्बोै पैसा बजारबाट बाहिरिएको छ । तर बजारमा पैसा आउने वातावरण बनेको छैन । यहि कारण तत्काल कुनै सम्बोधन नभए बजार २ हजार विन्दुभन्दा तल पनि आउन सक्छ ।’रिजालले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूह बढे भने ५ वटा समूहमा गिरावट आयो । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह २.४० प्रतिशतले बढ्यो ।  

त्यस्तै विकास बैंक समूह ०.१६,वित्त ०.४८,हाईड्रो ०.३२,लगानी ०.८२,जीवन बीमा ०.२८,म्युचुअल फण्ड ०.३५ र अन्य समूह ०.२७ प्रतिशतले घटे ।  

यो दिन बैंकिङ समूह ०.१२,होटल ०.२४,लघुवित्त ०.४८ निर्जीवन बीमा ०.६६ र व्यापार समूह ०.१४ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सर्वोत्तम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १९ करोड २४ लाख बढीको सेयर कारोबार भयो । गोर्खाज फाइ्रनान्सको १५ करोड ९५ लाख बढीको सेयर कारोबार भएको आज शिवम् सिमेन्टको १५ करोड ३२ लाख,सोनापुर मिनरल्सको ११ करोड १७ लाख र पिपुल्स पावरको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज विन नेपाल लघुवित्त र सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः१० र ९.९७ प्रतिशतले बढेको छ ।  

यो दिन हिमालयन हाईड्रोपावरको सेयरमूल्य ८.२२ प्रतिशत,सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको सेयरमूल्य ७.०२ प्रतिशतले बढेको छ ।  

आज उन्नती सहकार्य र धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । १२० वटा कम्पनीको सेयरमूल्य बढेको आज ११५ कम्पनीको घट्यो भने १० वटाको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.