बुधबार, असार १८,२०८२ 07:17:11
  • बुधबार, असार १८,२०८२ 07:17:11
Global IME Bank Limited

वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा

Hyundai Nepal
वार्षिक औषत ३२% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालका लघुवित्तहरु मध्य एक हो । यो कम्पनी सन् २००१ मा स्थापना भएको थियो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवर्द्धन गरेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको  दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ५५ कारोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ७५  करोड रुपैैयाँ छ । कम्पनीको कुल पूँजी ३ अर्ब ३० करोड रुपैयाँ छ । खुद मुनाफा १२ करोड १३ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.६४ रुपैयाँ छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.६२ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु २१२.८४ रुपैयाँ छ भने रिर्टन अन इक्विटी ७.३५ प्रतिशत कायम छ ।  

यस्तै कम्पनीको खराब कर्जा १०.४१ प्रतिशत र १० वर्षको औषत लाभाशं ३२.४ प्रतिशत छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्ष  

फिएर एण्ड ग्रिड मिटरका आधारमा यो कम्पनी बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ८८८ रुपैयाँ र न्यून मूल्य ६१८ रुपैयाँ छ । हाल कम्पनीको अन्तिम कारोबार दिनको मूल्य ७२० रुपैयाँ कायम छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहकोे छ ।  

  

बोलिङगर ब्याण्ड म्याक्डी र आरएसआइ  

बोलिङगर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्डमा चलेको छ । यसले कम्पनीको सेयरमा विस्तारै अप ट्रेन्ड लिदैं गरेको मान्न सकिन्छ । म्याक्डीमार्फत हेर्दा विस्तारै बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । हिस्टोग्राम फिक्का र छोटाछोटा हुँदै गएका छन् । आरएसआई न्यूट्रल जोन ५० भन्दा माथि चलेको छ । समग्रमा तीन वटै इन्डिकेटर बाट नियाल्दा यो कम्पनीको सेयरमा विस्तारै लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्नु भन्ने हो ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –८६०

प्रतिरोध २ –८१२

प्रतिरोध १– ७४१

पिभट प्वइन्टः ७०२

घटेमा सपोर्ट  

सपोर्ट १– ६३९

सपोर्ट २– ५९२

सपोर्ट  ३ –५२९

निष्कर्षः आधारभूत रुपमा कम्पनीलाई नियाल्दा कम्पनीले पछिल्लो वर्षमा पूँजी बढ्दै जाँदा खुद मुनाफमा पनि गिरावट आएको छ । रिर्टन अन इक्विटी घटेको छ । कम्पनीको जगेडा कोष भने बलियो देखिन्छ । कम्पनीको पूँजी भन्दा बढी जगेडा कोष रहेको छ । कुल पूँजी ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ । तर कम्पनीको खराब कर्जा भने १० प्रतिशत भन्दा माथि रहेको छ । 

कम्पनीको १० वर्षको औषत लाभाशंदर ३२ प्रतिशत छ । प्राविधिक रुपमा यस कम्पनीको सेयर भाउ विस्तारै बोलिङगरको मध्य ब्याण्ड भन्दा माथि चल्दै गरेको देखिन्छ । फिएर एण्ड ग्रिड मिटरमा यस कम्पनीको सेयर भाउ बुलिस सेन्टिमेन्ट बन्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.