Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:04:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?

Laxmi Sunrise Bank Limited
सानिगाड हाइड्रोको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?
Shivam Cement

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि निष्कासन गर्ने तय भएको आईपीओको निष्कासन मिति परिवर्तन गरिएको छ । कम्पनीले आईपीओ जारी गर्ने भनिएको उक्त दिन बकर ईदको सार्वजनिक बिदा परेकाले आईपीओ निष्कासन मिति परिवर्तन गर्नुपरेको कम्पनीले जनाएको छ ।

अब कम्पनीले जेठ १८ गतेदेखि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको थियो।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत जारी गर्न लागेको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई रेटिङ कम्पनी इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.