आईतवार, भाद्र १,२०८२ 03:38:12
IME remit
  • आईतवार, भाद्र १,२०८२ 03:38:12
IME remit
Global IME Bank Limited

बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै

Hyundai Nepal
बोलिङगरको मध्य ब्याण्डबाट उकालो लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस बन्दै
Shivam Cement

काठमाण्डौ । नेप्सेमा आज दिनभर जसो वृद्धि देखियो । कारोबार पनि तीन महिना पछिकै उच्च भएको छ । आज नेप्सेमा ५ अर्ब हाराहारीको कारोबार भएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्डलाई ब्रेक गरेर माथि गएको छ । यो भनेको करिब एक महिना पछि बजारले मध्य ब्याण्डभन्दा माथि लागेको हो ।  

त्यसै गरि, म्याक्डीमार्फत नियाल्दा पनि आज म्याक्डीमा बुलिस क्रसओभर बन्दै गरेको अवस्था रहेको छ । हिस्टोग्राम सकरात्मक बनेको छ । आरएसआई भने न्यूट्रल जोन ५० को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार करिब करिब बुलिस यात्रामा चलेको देखिन्छ ।  

यसको साथै, आज बजार २ हजारको मनोवैज्ञानिक विन्दु भन्दा माथि गएर बसेको छ । यसले पनि लगानीकर्ताहरुको मनोबल सुध्रिदै छ भन्ने बुझाउँछ । बजारलाई मन्थ्ली बेसमा हेर्दा ५ वटा क्याण्डल मध्य ब्याण्ड भन्दा माथि रहेका छन् भने हिस्टोग्राम सकरात्मक बनेका छन् । यसले बजार दीर्घकालको लागि पनि अप ट्रेण्ड चल्दै गरेको मान्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर आरएसआई भने अझै पनि न्यूट्रल जोनभन्दा तल ४८ को विन्दुमा रहेको छ । यस्तो विन्दु ५० भन्दा मााथि लागेमा बजार दीर्घकालिन रुपमा पनि बुल चलेको मान्न सकिन्छ । यस हिसाबले हेर्दा मंगलबारको बढोत्तरी कारोबारसहित बढेकोले मजबुत नै रहेको देखिन्छ । यद्यपि आगामी कारोबारमा पनि बजार २ हजार माथि नै टिक्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.