शुक्रबार, असार २०,२०८२ 04:22:10
  • शुक्रबार, असार २०,२०८२ 04:22:10
Global IME Bank Limited

सिटिजन लाइफको धितोपत्र कारोबार स्थगन,के होला हिजोको कारोबार ?

Hyundai Nepal
सिटिजन लाइफको धितोपत्र कारोबार स्थगन,के होला हिजोको कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको छ । नेप्सेले धितोपत्र कारोबार स्वच्छ राख्नका लागि कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।  

कम्पनीले वैशाख २३ गते नेप्सेलाई लाभांश घोषणासम्बन्धी जानकारी गराएको र वैशाख २५ गते पुनः उक्त लाभांश रद्द गर्ने निर्णयका बारेमा जानकारी गराएको जनाएको छ । धितोपत्र सूचीकरण विनयमावली २०७५ को विनियम १६(१)(ग)मा भएको व्यवस्थाबमोजिम नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गर्ने सक्ने व्यवस्था रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सिटिजन लाइफले पनि पटक पटक सूचना परिवर्तन गरेकाले उक्त विनयमावलीको विनयम (१६)(१)मा भएको व्यवस्था अनुरुप नेप्सेले कम्पनीको दोस्रो बजार धितोपत्र कारोबार स्थगन गरेको हो ।  

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले कम्पनीको कारोबार अनिश्चित कालका लागि स्थगित गरिएको बताए । ‘सिटिजन लाइफको कारोबार अनिश्चित कालकालागि स्थगन गरिएको छ । हिजोको कारोबारका के गर्ने भन्ने बारे सेबोनसँग छलफल भईरहेको छ ।’ पराजुलीले भने । 

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि प्रस्ताव गरेको कुल २८.४०४३४६९८ प्रतिशत लाभांश रद्द गर्ने निर्णय गरेको हो । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको अन्तरिम लाभांश घोषणा गरेको थियो ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.