बुधबार, असार १८,२०८२ 07:34:45
  • बुधबार, असार १८,२०८२ 07:34:45
Global IME Bank Limited

एचआईडीसीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?

Hyundai Nepal
एचआईडीसीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) नेपाल स्टक एक्सेञ्ज(नेप्से)को लगानी उपसमूहमा सूचीकृत कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०११ मा भएको हो । यो कम्पनीमा नेपाल सरकार अर्थ मन्त्रालय , नागरिक लगानी कोष, उर्जा तथा जलस्रोत मन्त्रालय र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी निकायहरु यो कम्पनीका संस्थापक सेयर होल्डरका रुपमा रहेका छन् ।  

यो कम्पनीमा नेपाल सरकारको ५० प्रतिशत , सर्वसाधारण सेयरधनीको २० प्रतिशत, अन्य संस्थापक सेयरधनीको १५ प्रतिशत र कर्मचारी सञ्चय कोष , नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानहरुको ५–५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

आधाभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चूक्तापूँजी २२ अर्ब ८७ करोड , जगेडा कोष ३ अर्ब १९ करोड , खुद मुनाफा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी २६ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.३५ रुपैयाँ र नेटवर्थ ११३.९५ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ५.५७ प्रतिशत रहेको छ । कम्पनीको ७ वर्षको वार्षिक औषत लाभांशदर करिब ६ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा

फियर एण्ड ग्रिड मिटरको आधारमा कम्पनीे हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीमा लगानीकर्ताहरुको आकर्षण ठिकठाक नै रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च प्रतिकित्ता मूल्य ३४४ र न्यून मुल्य १५६ रुपैयाँ रहेको छ । कम्पनीमा ८० प्रतिशत संस्थापक र २० प्रतिशत मात्रै सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ ।    

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर मूल्य केही सयम अपर ब्याण्डसँगै चलेको देखिन्छ । त्यस पछि अपर ब्याण्डमा शुटिङ स्टार बने पछि कम्मनीको सेयर भाउमा गिरावट आएको छ । अपर ब्याण्ड छोडेको कम्पनीको सेयर भाउले हाल मध्य ब्याण्ड पछ्याउदै गरेको देखिन्छ । म्याक्डीमा बियरिस क्रसओर बन्दै गरेको अवस्था  छ । आरएसआई ओभर सोल्ड जोन ८० बाट खसेर हाल ६३ को तहमा आएको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयरमा बिक्री दबाब रहेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३६७

प्रतिरोध २ – ३५६

प्रतिरोध १–  ३३६

पिभट् प्वइन्टः ३२५

घटेमा सपोर्ट  

सपोर्ट १– ३०१

सपोर्ट २– २९४

सपोर्ट  ३ – २७५

निष्कर्षः आधारभूत रुपमा एचआईडीसीएल कम्पनी बलियो कम्पनी हो । यो कम्पनीले नेपालको शीर्ष जलविद्युत लगानी कम्पनी बन्ने लक्ष्य लिएको छ । तर कम्पनीले उद्देश्य अनुरुप लगानी गर्न भने सकेको छैन । कम्पनीले लगानी भन्दा पनि ब्याज आम्दानीमा नै बढी जोड दिएको देखिन्छ । कम्पनीको बुक भ्यालु र प्रतिसेयर आम्दानीमा समान्य सुधार भएता पनि रिर्टन अन इक्विटीमा खासै सुधार भएको देखिदैन ।  

प्राविधिक रुपमा फियर एण्ड ग्रिड मिटरमा हेर्दा यस कम्पनीको सेयर भाउ बुलिस सेन्टिमेन्टमा देखिन्छ । विभिन्न इन्डिकेटरबाट नियाल्दा भने कम्पनीको सेयरमा अल्पकालिन करेक्सन चल्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.