प्राइम बैंकले बढायो निक्षेपको ब्याजदर, कति पुग्यो ?
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले मुद्दति निक्षेपको ब्याजदर बढाएको छ । मुद्दति निक्षेपका लागि मंसिरमा तोकिएको ब्याजदर ९ प्रतिशतको हाराहारीमा बढाएको हो । मंसिरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ पाइने अधिकतम ब्याजदर ५.७५ प्रतिशत रहेकोमा बढाएर ६.२५ प्रतिशत पुर्याइएको हो । संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको छ ।