प्रभु बैंकको फड्कोः नाफा र ईपीएसमा १५००% को उछाल, आम्दानीमा पनि राम्रो सुधार
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो । बैंकले गत आवको चौथौ त्रैमाससम्ममा ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो...