अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत...

