उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप
काठमाण्डौ । नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा लगाइएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समय बिहीबारको तुलनामा शुक्रबार एकघण्टाले कम गर्दै अत्यावश्यक कामका लागि आवतजावत गर्ने तथा किनमेल गर्ने समय एकघण्टा बढाएको छ । नेपाली सेनाका अनुसार भदौ २७ गते शुक्रबार बिहान ६ बजेदेखि ११...

