दुई सातापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २३.८६ अंकले बढेर २ हजार ७००.०४ विन्दुमा पुगेको छ ।यससँगै नेप्से २ सातापछि २७ सयमाथि टिकेको छ । यसअघि गत चैत ५ गते नेप्से परिसूचक २७ सय विन्दुबाट तल खसेको थियो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले बढेर...