बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने सेबोनको घोषणा
काठमाण्डौ । धितोपत्र बोर्डले दोस्रो बजारबाट लगानीकर्ताले सेयर खरिद गर्दा बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने व्यवस्था गर्ने घोषणा गरेको छ । बोर्डले आज आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।