लक्ष्मी सनराइज बैंकले पनि घटायो ब्याजदर
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६।.० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।